श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४३ वि. सं. २०८० साल पुस ११ गते बुधबार, २७ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर । पुष कृष्णपक्षको प्रतिपदा तिथि भोलि ०७ः०० बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र आद्र्रा २३ः४१ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त ०५ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

बौद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम थालनी हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आयस्रोत बढाउन सकिनेछ। दिउँसोदेखि शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मिहिनेतले सफलताको उचाइमा पु¥याउन सक्छ। लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पहिलेको काम पूरा हुनासाथ नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दिगो काम सुरु गर्ने समय छ। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

काममा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले धन आर्जन हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

साथीभाइको सहयोग जुट्नाले व्यावसायिक लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

 स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ र स्वाभिमानको रक्षा गर्न सफल भइनेछ।मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। केही आम्दानी हुने समय छ। श्रमको उचित मूल्य पाइनेछ।