श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल पुस १० गते मङ्गलबार, २६ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर । मार्ग शुक्लपक्षको पूर्णिमा तिथि भोलि ०६ः१९ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र मृगशिरा २२ः३५ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः५२ बजे र सूर्यास्त ०५ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुने समय छ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। आम्दानीका स्रोत भने कमजोर बन्नेछन्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हस्तक्षेप गर्नेहरूमाथि प्रतिकारमा उत्रनुपर्ने स्थिति आउन सक्छ । प्रयत्न गर्दा केही काम सम्पादन हुनेछन्।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्य र यात्राका लागि केही रकम खर्चनुपर्ने देखिन्छ। हतारमा गरिएको काम दोहो¥याउनु पर्ने हुन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लगानीतर्फ लागत बढ्ने समय छ । कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । बेसुरमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ ।