श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि. सं. २०८० साल पुस ९ गते सोमबार, २५ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर। मार्ग शुक्लपक्षको चतुर्दशी तिथि भोलि  ०६ः०५ बजेसम्म उप्रान्त पूर्णिमा, नक्षत्र रोहिणी २१ः५६ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः५१ बजे र सूर्यास्त ०५ः१५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मनग्य आम्दानी भिœयाउने अवसर प्राप्त हुनेछ । बुद्धिको उपयोगले नाम, दाम र इनाम प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला, गला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नाम, दाम र इनाम कमाउन सफल भइनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्ने माहोल बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू समेत बढ्नेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धैर्यले काम लिँदा फाइदा हुनेछ । अर्थ अभावले सताउने हुँदा काममा केही विलम्ब हुनसक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ। रचनात्मक काम गर्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बीचमा प्रतिस्पर्धीहरूले हात झिक्ने हुुँदा काम बन्नेछ। दोहो¥याएर प्रयास गर्नुपर्ने देखिन्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिगो फाइदा हुने काम प्रारम्भ हुनाले मन प्रसन्न हुनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिफलका लागि समय पर्खनु पर्नेछ । आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुनसक्छ।