श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल पुस ८ गते आइतबार, २४ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर। मार्ग शुक्लपक्षको त्रयोदशी तिथि भोलि ०६ः१६ बजेसम्म, उप्रान्त त्रयोदशी , नक्षत्र कृतिका २१ः३८ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०६ः५१ बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। रचनात्मक कामले मनग्य धन आर्जन हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण बढाउनेछ।खर्चको जोहो गर्न अलि दौडधुप गर्नुपर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि प्रशस्त फाइदा उठाउन सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारमा राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गरे कार्यसिद्धिको समय छ।