श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल पुस ७ गते शनिबार, २३ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर । मार्ग शुक्लपक्षको एकादशी तिथि ०७ः३५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र भरणी २१ः३९ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः५० बजे र सूर्यास्त ०५ः१४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनु पर्ला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुनसक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमल हुनेछ।आम्दानी बढ्नाले उत्साह जाग्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। राम्रो उपलब्धि हातलागी हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

भौतिक साधन जुट्नेछन्। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ।मिहिनेतले पदीय जिम्मेवारी दिलाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। मिहिनेतले उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।