श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल पुस ६ गते शुक्रबार, २२ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर। मार्ग शुक्लपक्षको दशमी तिथि ०८ः३८ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अश्विनी २१ः५६ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०६ः५० बजे र सूर्यास्त ०५ः१३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
खर्च बढ्नुका साथै अर्थअभावले बनिसकेको काम दोहोर्याउनु पर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
छरछिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। पछि हुने फाइदा घट्न सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ।कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर, आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्लान्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। प्रयत्न गर्दा केही फाइदा हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थितिवश काममा बाधा पुग्नेछ।मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुगिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। रुचिका विषयमा लगानी समेत बढाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी आउन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कमजोरीका बावजुद कामको चाप बढ्नेछ। अर्थ अभावले आँटेको काम रोकिन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउनेछ।मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सम्मान प्राप्त हुनेछ।