श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल पुस ४ गते बुधबार, २० डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर । मार्ग शुक्ल पक्षको अष्टमी तिथि ११ः३२ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र  उत्तरभाद्र भोलि २३ः१४ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमा राशि मीन, सूर्याेदय ०६ः४९ बजे र सूर्यास्त ०५ः१२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आँट गर्दा काम बन्नेछ र केही आम्दानीसमेत हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनाले राम्रै प्रतिफल हातलागी हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा पनि फाइदा हुनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्ना काम र फाइदामाथि अरूको निगरानी हुनसक्छ। विरोधी र अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूका लागि केही रकम खर्चनु पर्ने हुनसक्छ।पहिलेदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काममा व्यवधानसमेत देखापर्नेछन्। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनु होला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।