श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल पुस ३ गते मङ्गलबार, १९ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर । मार्ग शुक्लपक्षको सप्तमी तिथि १३ः२२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वभाद्र भोलि ००ः१६ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्याेदय ०६ः४८ बजे र सूर्यास्त ०५ः१२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउनेछ। तर, आफ्नो प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभको अवसर मिले पनि फाइदा अरूलाई सुम्पनुपर्ने हुन सक्छ। धनमाल सुरक्षामा ध्यान पुर्याउनु होला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।भाग्यले राम्रै अवसर दिलाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
चुनौतीहरू हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समयमै समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ।