श्री शालवाहनिय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल पुष २ गते सोमबार, १८ डिसेम्बर २०२३, पिंगल संवत्सर, मार्ग शुक्लपक्षको षष्ठी तिथि १५ः२९ बजेसम्म उप्रान्त सप्तमी, नक्षत्र शतभिषा भोलि ०१ः३५ बजेसम्म पुर्वभाद्र, चन्द्रराशि–कुम्भ, सुर्योदय ०६ः४८ बजे र सुर्यास्त ०५ः१२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। तारिफयोग्य कामले सामाजिक दायित्व दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विभिन्न भौतिक साधनहरू पनि जुटाउन सकिनेछ।धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको कामले उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयत्नले ठूलो काम बन्नेछ । सामाजिक काममा रुचि बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काम थालनी हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले काममा बाधा पर्ने देखिन्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामले प्रतिष्ठा दिलाउनेछ । घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।