श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४३ वि. सं. २०८० साल पुस १ गते आइतबार, १७ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर। मार्ग शुक्लपक्षको पञ्चमी तिथि १७ः४९ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र धनिष्ठा भोलि ०३ः०७ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्योदय ०६ः४७ बजे र सूर्यास्त ०५ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतिष्ठित काम गर्दै लोकप्रियता हासिल गर्ने समय छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारमा  प्रशस्त फाइदा हुनेछ। दीर्घकालीन काममा जग बसाउने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको जग बसाउने अवसर प्राप्त हुनेछ। सामाजिक काममा रुचि बढ्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतः पछि हट्नेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तको स्नेह प्राप्त हुनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएको कामले निकास पाउनेछ। लक्ष्यअनुसार काम पनि बन्नेछ। पेसा–व्यवसायमा लाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिस्थिति सबल नदेखिए पनि मिहिनेतले आशा जगाउनेछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। श्रमपूर्वक समर्पित हुँदा कामको मूल्य पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला । श्रमको उपलब्धि हात पार्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केही समय लागे पनि उपलब्धि प्राप्त हुनेछ।दिन रमाइलो र उत्साहपूर्ण रहनेछ।