श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४३ वि. सं. २०८० साल मङ्सिर ३० गते शनिबार, १६ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर। मार्ग शुक्लपक्षको चतुर्थी तिथि  २०ः१७ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र श्रवण भोलि ०४ः५१ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि मकर, सूर्याेदय ०६ः४६ बजे र सूर्यास्त ०५ः११ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला।  मिहिनेतीहरूलाई कार्यसिद्धिको समय छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ।स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति देखिन्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आलश्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। केही उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दोहोर्याएर प्रयत्न गरे काम सम्पादन हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम भने दोहोर्याउनु पर्ला। चिताएको काम हातलागी हुनसक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शत्रुहरू स्वतः किनारा लाग्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ।