श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल मङ्सिर २८ गते बिहीबार, १४ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर। मार्ग शुक्लपक्षको द्वितीया तिथि भोलि ०१ः१५ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र मूल १०ः०४ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्याेदय ०६ः४५ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्यका लागि व्यायाम तथा आहार–विहारमा ध्यान पुर्याउनु होला। समस्याप्रति गम्भीर नहुँदा दुःख पाइनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलश्य अनुभूति हुनेछ। काममा धेरै धन र परिश्रम खर्चनु पर्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पहिले बनिसकेको काम दोहो¥याउनु पर्ने हुनसक्छ।रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। दिन सामान्य बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहो¥याउनु पर्ला। धन हानि हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यका लागि खानपानमा ध्यान पु¥याउनु होला।शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गरे दिगो फाइदा हुने काम हातलागी हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा विशेष फाइदा हुने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। पठन–पाठनमा त्यति समय दिन नसकिएला।