श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल मङ्सिर २७ गते बुधबार, १३ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर । मार्ग शुक्लपक्षको प्रतिपदा तिथि भोलि ०३ः२९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र ज्येष्ठा ११ः२२ बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः४५ बजे र सूर्यास्त ०५ः१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। लगानीमा जोखिम बढ्ने समय छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गोपनीयता बाहिरिन सक्छ । समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यायाम तथा आहार–विहारमा ध्यान पुर्याउनु होला । परिश्रमको तुलनामा प्रतिफल कम देखिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
महŒवाकाङ्क्षी योजनामा अघि नबढ्नु होला । समयमा वचन पु¥याउन नसक्दा अरूले आलोचना गर्न सक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
हतारमा निर्णय लिने बानीले काम दोहो¥याउनु पर्ने हुनसक्छ। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भोग–विलास र सुख–सुविधाका लागि केही खर्च बढ्न सक्छ। केही विवादास्पद जिम्मेवारीसमेत वहन गर्नुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्च हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गरे दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुने समय छ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ। आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला।