श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल मङ्सिर २६ गते मङ्गलबार, १२ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर । मार्ग कृष्णपक्षको औंसी तिथि भोलि ०५ः२१ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र अनुराधा १२ः१३ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः४४ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
परिस्थितिको चक्रमा अलमलिनु पर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
चुनौतीपूर्ण कामको जिम्मेवारी आउन सक्छ। अवसरका लागि निकै मिहिनेत गर्नुपर्ला।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आकस्मिक खर्च बढे पनि सहयोग गर्नेहरू भेटिनेछन्। समस्या दर्शाउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अर्थअभावको समस्याबाट जोगिन समयमा सजग रहनुहोला।फाइदा हेर्दा काम बिग्रन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अरूलाई दिने नभई भिœयाउने समय छ। दिएको धनमाल पछि आफैलाई आवश्यक पर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विवादमा अघि नसर्नुहोला । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछ तर, काममा केही चुनौती भने आउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईष्र्या गर्नेहरू पछि पर्नेछन् । थालेको कार्य सफल होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अरूका लागि उपयोग भइनेछ र आफ्नो काम रोकिन सक्छ । सानो असमझदारीले समस्या निम्त्याउन सक्छ।