श्री शालवाहनीय शाके १९४३ ने.सं.११४४ वि.सं. २०८० साल मङ्सिर २५ गते सोमबार, ११ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर । मार्ग कृष्णपक्षको त्रयोदशी तिथि ०७ः२७ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र विशाखा १२ः२८ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि वृश्चिक, सूर्याेदय ०६ः४३ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धनलाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायका लागि यात्राको सम्भावना छ। सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेम र मित्रताको बन्धन कसिने समय छ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मेहनतले राम्रै प्रतिफल दिलाउनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
चुनौती चिर्दै काम बनाउन सकिनेछ । पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला। नयाँ काममा थाल्नुअघि राम्ररी विचार पु¥याउनु होला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिस्थितिसँग सम्झौता गर्दा मन खिन्न रहनेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुनसक्छ । मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला। हतारमा दिएको वचनले आफैलाई अप्ठ्यारो पर्नेछ।