श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४३ वि.सं. २०८० साल मङ्सिर २४ गते आइतबार, १० डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर। मार्ग कृष्णपक्षको द्वादशी तिथि ०७ः२८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र स्वाती १२ः०३ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमा राशि तुला, सूर्याेदय ०६ः४३ बजे र सूर्यास्त ०५ः०९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा केही चुनौती देखिनेछन् र सोचेको फाइदा उठाउन समय लाग्नेछ। प्रतिस्पर्धी बढ्न सक्छन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चिताएका काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन्। तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुने समय छ। नयाँ काममा जग बसाउन सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनु पर्ला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।नियमित काम सम्पादन भए पनि विशेष योजना रोकिन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
हिस्सेदारसँग असमझदारी बढ्ने समय छ। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ।