हङकङमा रहेका लिम्बु समुदायले विभिन्न कार्यक्रम सहित यसपटकको चासोक तङ्नाम भव्य रुपमा मनाउने भएका छन् ।

किरात याक्थुङ चुम्लुङ हङकङले २५ डिसेम्बरमा भव्य रुपमा चासोक तङनाम मनाईने जानकारी दिएको छ । हङकङको चिङ लाई रोड स्थित सुई लाममा आयोजना हुने कार्यक्रममा नेपालबाट जाने कलाकारहरु, स्थानीय कलाकारहरुका प्रस्तुति रहने छन् । त्यसैगरी केलाङ नृत्य र विजुवा नाच पनि प्रदर्शन गरिने आयोजकले जानकारी गराएको छ । 

चुम्लुङले हरेक वर्ष विभिन्न कार्यक्रम सहित चासोक तङ्नाम मनाउने गरेको छ ।