श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल मङ्सिर  १७ गते आइतबार, ३ डिसेम्बर २०२३, पिङ्गलनाम संवत्सर । मार्ग कृष्णपक्षको षष्ठी तिथि १९ः४३ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अश्लेषा २१ः४८ बजेसम्म, उप्रान्त मघा, चन्द्रमा राशि कर्कट, सूर्योदय ०६ः३७ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लगनशीलताले काममा फाइदा दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।    
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ।    
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ।  
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पहिले ईष्र्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापार र आर्थिक लाभ हुने काममा मनग्य फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। तर, विवादास्पद क्षेत्रमा हात हाल्नाले केही समस्या पनि आउन सक्छन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। प्रेम र दाम्पत्यमा पनि असमझदारी बढ्न सक्छ।  
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु होला। काममा साथीभाइको सहयोग जुट्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सोखले मालसामान जुटाउन प्रेरित गर्नेछ।परिबन्दले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। थालेको काम दोहो¥याउनु पर्ला।