श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल मङ्सिर १४ गते बिहीबार, ३० नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर । मार्ग कृष्ण पक्षको तृतीया तिथि १४ः४० बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र आद्र्रा १५ः१४ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्याेदय ०६ः३५ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
काम दोहो¥याउनुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। व्यवसायमा मनग्य धनलाभ हुनेछ ।    
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले दैनिकीमा सुधार ल्याउनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पर्दै लाभ उठाउन सफल भइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर जुट्नुहोला, मिहिनेतले काम सम्पादन हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका काममा भने दोहो¥याएर प्रयत्न गर्नुपर्ला।काममा केही विलम्ब भए पनि सुखद् समाचारले उत्साह जगाउनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ । सन्तान वा अनुयायीको साथले पनि काममा जाँगर बढ्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । पहिलेको समस्याले केही उल्झन निम्त्याउन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
यात्रा अलि कष्टपूर्ण हुनेछ । गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ । प्रतिष्ठा जोगाउन सफल भइनेछ ।