बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक  व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत चीन–अमेरिका सम्बन्धको स्थल थियो ।

सन् २०११ को भ्रमणमा तत्कालीन अमेरिकी उपराष्ट्रपति जो बाइडेन याओजी चाओगनमा अपराह्न भोजनका लागि जानुभयो र यसले उनको ‘नुडल कूटनीति’ लाई लिएर सामाजिक मिडियामा क्रेज बढ्यो । 

यो साता राजधानीको ऐतिहासिक हटोङ इलाकामा एउटा रेस्टुरेन्टबाहिर चिनियाँ सर्वसाधारणले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटले उनिहरूको आफ्नै कूटनीतिक सफलता हासिल गर्न सहयोग गर्ने अपेक्षा गरेका छन् ।  

बाइडेन र सीले यसै साता सान फ्रान्सिस्कोमा व्यापारदेखि भू–राजनीतिक तनावसम्मका महत्त्वपूर्ण मुद्दामा विचारविमर्श गर्दै थिए । यो उनिहरूको एक वर्षभन्दा लामो समयपछिको पहिलो भेटवार्ता हुनेछ ।