पाकिस्तानको उत्तरपश्चिम पख्तुनख्वा प्रान्तमा आइतबार भएको विस्फोटमा एक बालकसहित दुई जनाको मृत्यु हुनका साथै अन्य तीन जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विस्फोट पख्तुनख्वा प्रान्तको लक्की मरावत  जिल्लास्थित एक गाँउमा भएको हो । घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्तपालमा लगिएको समेत प्रहरीले बताएको छ ।

  अहिले सम्म आक्रमणको जिम्मेबारी कुनै पनि समूह वा व्यक्तले नलिएको प्रहरी स्रोतले जनाएको छ । थप अनुसन्धानका लागि सम्बन्धित क्षेत्रलाई घेराबन्दी गरिएको प्रहरीले जनाएको छ  ।