अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार चीनसँग ‘रचनात्मक काम गर्ने’ वाचा गरेका छन। आफ्नो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनको उच्च प्रोफाइलको भ्रमणको पहिलो दिन साङ्घाईमा चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो (सिआइआइई) को उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका छन। 

“मुलुकहरूबीचको रचनात्मक आर्थिक संलग्नताले सम्बन्ध निर्माण गर्न सहयोग गर्छ, यसैले मैले नेतृत्व गरेको सरकारले चीनसँग रचनात्मकरूपमा काम गरिरहनेछ”, अल्बानिजले आफ्नो सम्बोधनमा भने

उनले साङ्घाइ र बेइजिङमा चार दिन बिताउनु हुनेछ । दुवै मुलुकबीचको अर्बौँ डलरको व्यापारलाई असर गर्ने गरी भएको कूटनीतिक विवादपछि सम्बन्धलाई सुधार गर्ने प्रयास भइरहेको बेला कुनै पनि अस्ट्रेलियाली नेताको यो भ्रमण पछिल्लो सात वर्षमा पहिलो हो । 

अल्बानिज सरकारले प्रशान्त क्षेत्रमा बेइजिङको बढ्दो प्रभावविरुद्ध दबाब दिँदै चीनसँग थप सौहार्दपूर्ण सम्बन्ध खोजेको छ। आइतबार प्रधानमन्त्री अल्बानिजले भन्नुभयो, “एसिया प्रशान्त क्षेत्रको विकास यस्तो लेन्स हो जसको माध्यमबाट हामी भविष्यका बारेमा धेरै देख्छौँ, चीनसँग अस्ट्रेलियाको सम्बन्ध यी सबैमा एउटा महत्वपूर्ण हिस्सा हो ।”

उनले बेइजिङ र क्यानबेराबीच ‘परिक्व सम्बन्ध’ को प्रशंसा गर्दै भने “यो हाम्रा अर्थतन्त्रहरूको पूरक प्रकृतिसँग उत्साहित छ ।”

अल्बानिजले चिनियाँ नेताहरूसँग भेटवार्ता गर्ने र ‘द्विपक्षीय मुद्दाका विषयका साथै साझा चासोका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मुद्दाहरूमा गहिरो विचार आदानप्रदान गर्ने’ चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। “एउटा स्वस्थ र स्थिर चीन–अस्ट्रेलिया सम्बन्ध दुवै मुलुक र नागरिकको आधारभूत हितअनुरूप छ, मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले भने