श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल कात्तिक १२ गते आइतबार, २९ अक्टोबर २०२३, पिङ्गलनाम संवत्सर। कार्तिक कृष्णपक्षको प्रतिपदा तिथि भोलि ००ः११ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र भरणी भोलि ०४ः५७ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्योदय ०६ः११ बजे र सूर्यास्त ०५ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सोख, खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ। तापनि नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
रचनात्मक काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दोहो¥याएर प्रयास गर्दा काम बन्नेछ। आफन्तसँग भेटघाटको अवसर जुट्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पु¥याउनु होला।आफन्त र परिवारबाट टाढिनु पर्ला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला।चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ।ईष्र्या गर्नेहरूले दुःख दिनेछन्।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मिहिनेतले आर्जन गरेको वस्तुमाथि अरूले दाबी गर्नेछन्, सजग रहनुहोला। आफ्नैले काम बिगार्ने सम्भावना छ।