उदयपुरको बेलका नगरपालिका शहरीकरण उन्मुख नगर हो । स्थानीय तहको संरचनापछि कृषि, सडक संरचना र भूमिहीन सुकुम्बासीको क्षेत्रमा उल्लेखीय काम गरेको नगरपालिकाले पछिल्लो स्थानीय तहको निर्वाचनपछि माखो मार्न सकेको छैन ।

शहरीकरण उन्मुख नगरपालिका सौन्दर्यीकरणका दृष्टिले काम गर्नुपर्ने भए पनि त्यसतर्फ ध्यान पुग्न नसकेको नगरको मुख्य केन्द्र रामपुर बजारलाई हेरे पुग्छ ।

Rampur bajar belaka1

दसैं समृद्धि, स्वच्छता र सुन्दरताको सूचक पनि हो व्यक्तिले आफ्ना घर आगन रङरोगन गर्ने, समाजले बाटाघाटा सरसफाइ गर्ने गर्दछ्न । तर रामपुर बजार दसैंको दिनमासमेत स्वच्छ र सरसफाइयुक्त हुन सकेन ।
स्वास्थ्य, सन्चार, सुरक्षा, सरसफाइजस्ता महत्वपूर्ण प्रत्यक्ष नागरिकसग जोडिएका विषयमा राज्यसचेत रहनुपर्छ । तर रामपुर बजारको फोहोर साता दिनदेखि उठ्न सकेको छैन ।

Rampur bajar belaka2

मुख्य बजार नियमित सरसफाइ गर्नुपर्ने हो तर नगरपालिकाले शुक्रबार र आइतबार बजारको फोहोर उठाउने गरेको छ । स्थानीय व्यवसायीका अनुसार दसैंको छुट्टी भएकाले बजारको फोहोर नौठेको हुन सक्छ ।

बजारमा लगाइएका डस्टबिनबाट फोहोर बाहिर निस्किएको देख्म सकिन्छ । रामपुरको मुख्य बजार वरगाछीमा फोहोरको विकृत रुप देख्न सकिन्छ ।
'पछिल्लो चुनावबाट निर्वाचित मेयरले बेलकामा के प्रगति गरे?' स्थानीयले आलोचना गर्दै भन्छन्- 'बिहे गरे ।'
नगरको मुख्य बजारको फोहोर व्यवस्थापनलाई हेर्दा  नगरप्रमुखले व्यवस्थित नीति निर्माण र प्रगति गर्न नसकेको आलोचकको कटाक्षलाई बल पुगेको देखिन्छ ।
तस्बिरमा हेरौं बेलका नगरपालिकाको फोहोर व्यवस्थापनमा चुनौती देखाउने केही तस्बिर ।

Rampur bajar belaka3

रामपुर बजारको विकृत रुप ! (तस्बिरहरु हेर्नुहोस)

Rampur bajar belaka4

Rampur bajar belaka5

Rampur bajar belaka6

Rampur bajar belaka7
Rampur bajar belaka8

Rampur bajar belaka9

Rampur bajar belaka10