धरान । सुजुकी कम्पनीको दुई पाङ्ग्रे सवारी बिक्री गर्दै आएको धरानस्थित नवदुर्गा अटो प्यालेसले लक्की ड्रमार्फत सुनको सिक्का विजेता ग्राहकलाई बिहीबार सुनको सिक्का प्रदान गरेको छ । 

सुजुकीको मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैँतिहार उपहार योजना सार्वजनिक गरेको थियो । असोज १ गतेदेखि कात्तिक मसान्तसम्मको योजनामा तत्कालै १० हजार क्यासब्याक अफर रहेको थियो भने लक्की ड्रमार्फत सुनको सिक्का पनि रहेको थियो । यसक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर राजु रिजाललाई सुनको सिक्का परेको छ । देशभरिको लक्की ड्रमार्फत उनलाई सुनको सिक्का परेको हो । उनले असोज १६ गते स्कुटर खरिद गरेका थिए । नवदुर्गाका सञ्चालक दुर्गा भुजेलले एक लाख २ सय ५० रुपैयाँ बराबरको सुनको सिक्का प्राप्त गरेको बताए । 

उनलाई ब्लाष्ट टाइम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्की र अग्रज पत्रकार हर्ष सुब्बाले सिक्का हस्तान्तरण गरे । डा. रिजालले दशैँ योजनाअन्तर्गत आफूले प्राप्त गर्न सकेकोमा नवदुर्गालाई धन्यवाद दिए ।