कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । 

मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा ९एकीकृत समाजवादी० र जसपाले विश्वासको मत दिने भएका छन् । राप्रपाले भने विश्वासको मत नदिने जनाएको छ । संविधानको धारा १६८ को उपधारा ९५० अनुसार नियुक्त भएका मुख्मन्त्री कार्कीले नियुक्त भएको चार दिनमा विश्वासको मत लिदैछन् । 

कार्की गत शनिबार नियुक्त भएका हुन् ।

एमालेका ३९ र कांग्रेसका विद्रोही ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री भएका हुन् । यद्यपि गठबन्धन दलले पनि उनलाई समर्थन गर्दै विश्वासको मत दिने भएको जनाएका छन् ।