कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सबै दल एक भएर अघि बढ्न प्रस्ताव गरेका छन् । 

बुधबार कोशी प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने–‘एकजुट भएर लागौँ, सबै एकजुट बनौँ,’ उनले भने, ‘अन्तिम विकल्प धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन भएको छ, यसमा सहयोग गर्ने सबैलाई धन्यवाद। प्रदेश प्रमुखप्रति आभार।’

उनले राजनीतिक परिस्थितिले प्रदेशको समग्र विकास गर्नुपर्ने बताए । ‘प्रदेशको पूर्ण रुपमा कार्यान्वयन गर्न सबै मिलेर,संघीयताको प्रत्याभूति गर्नुपर्नेछ। जातीय, क्षेत्रीय सन्तुलन बनाउनुपर्नेछ, प्रहरी ऐन कार्यान्वयन गर्नुपर्छ,’ उनले भने। 

‘कोशी प्रदेशमा सरकाकरा बनाउनका लागि सबै धारा प्रयोग गएिको छ । अहिले अन्तिम धाराको प्रयोग गरि सरकार बनेको छ । सांसदहरुले नयाँ अभियान चलाउनुभयो ।  त्यसपछि मलाई मुख्यमन्त्रीको प्रस्ताब गर्नुभयो । माननीय ज्यूप्रति आभारी छु,’ उनले भने । 

जनताको अधिकार स्थापित बनाउन अब लागि पर्ने उनले बताए । शिक्षा, स्वास्थ्य र राज्यको हरेक निकायमा जनताको पहुच पु¥याउने उद्देश्यले काम मुख्यमन्त्री कार्कीले बताए । ‘जनताको बलिदानलाई ध्यानमा राखेर काम गर्नेछु,’ उनले भने, प्रदेशको राजनैतिकलाई स्थीतर बनाउनुपर्नेछ । हामी सबै एकजुट भएर लाग्नुपर्ने छ । सामाजिक सदभाव कायम राख्न सबै लाग्नुपर्ने छ ।’

कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन्। उनलाई कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थन थियो।