धरान । झापा प्रहरीले फरार अभियुक्त दुईजनालाई झापाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

बैङ्किङ कसूरमा कसूरदार ठहरिएका झापा दमक नगरपालिका–१ का ५२ वर्षीय खडानन्द भण्डारी र बिर्तामोड नगरपालिका–४ का ५६ वर्षीय डमरु दासलाई प्रहरीले पक्राउ गरेको हो । कसूरदार भण्डारीलाई उच्च अदालत विराटनगर इलाम इजलासले २०७८ फागुन २५ गते १५ दिन कैद र ६ लाख ४८ हजार रुपैयाँ जरिबाना सुनाएको थियो ।

यस्तै अर्का कसूरदार दासलाई झापा जिल्ला अदालतले २०८० वैशाख १४ गते लागूऔषध मुद्दामा एक वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिबाना सुनाएको थियो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले सोमबार अदालतमा उपस्थित गराई कैद भुक्तानीका लागि कारागार पठाएको छ ।