श्रीलङ्कामा भारी बर्षाका कारण विभिन्न १३ जिल्लामा गरी ७१ हजारभन्दा बढी मानिसहरू प्रभावित भएको विपत ब्यवस्थापन केन्द्रले जनाएको छ । बाढीपहिरोका कारण तीन जनाको मृत्यु भएको समेत केन्द्रले जनाएको छ। दक्षिण पश्चिममा बढ्दो मनसुनको सक्रियताका कारण भारी बर्षा भएको केन्द्रले जनाएको छ।  

राष्ट्रिय भवन अनुसन्धान सङ्गठनका अनुसार बर्षाका कारण पहिरो जानसक्ने चेतावनीसम्बन्धी सूचनाको म्याद थप गरिएको छ ।  यसैबीच,आगामी ४८ घण्टामा पश्चिमी र दक्षिणी प्रदेशमा बर्षाको सम्भावना कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।