इजरायलमा पढ्न गएका १० नेपाली विद्यार्थी सुतिरहेको स्थानमा बम खसेपछि मृत्यु भएको पुष्टि भएको छ ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् ।

प्राप्त जानकारीअनुसार मृत्यु हुनेमा बराहक्षेत्र ११ मधुवनका राजेशकुमार स्वर्णकारसहित कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाली बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, डाेटी पचनली ३ का राजन फुलरा, लमिखल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेको दूतावासले जनाएको छ ।

त्यस्तै, ६ जना घाइते भएर उपचाररत रहेका छन् भने एकजना सम्पर्कविहीन छन् ।

इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । मृत्यु हुनेमा विद्यार्थीहरू रहेका छन् । यद्यपि यसबारेमा परराष्ट्र मन्त्रालयले जानकारी दिएको छैन ।