विराटनगरमा नेपाली थकाली, इन्डियन, चाइनिज र कन्टिनेन्टल खानाका परिकार ‘सर्भ’ गर्ने उद्देश्यले ‘ओपन हाउस लाउञ्ज एण्ड बार’ सञ्चालनमा आएको छ । ‘वेडनस्डे वुमेन नाइट्स’ र ‘फ्राइडे नाइट्स’ सहित सांगीतिक माहोलसमेत प्रदान गर्ने उद्देश्यले लाउञ्ज एण्ड बार सञ्चालनमा आएको हो ।   
विराटनगर ३ पीपल चोकमा महिला उद्यमि श्रुति शर्माको १ करोड बढीको लगानीमा ‘ओपन हाउस लाउञ्ज एण्ड बार’ शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
मनोरम वातावरण, आकर्षक संरचना, खुल्ला र रमणीय वातावरणका साथै पारिवारिक माहोलमा रमाउँदै चाहेजस्ता खानाका परिकारको स्वाद लिन सकिने सञ्चालक शर्माले बताइन् ।
‘सबै किसिमका खानाका साथै पेयपदार्थहरुको आनन्द लिन चाहाने पारखीका लागि विराटनगरमा ओपन हाउस लाउन्ज एण्ड बार खोलिएको छ, खानाका पारखीका लागि पक्कै पनि एउटा आकर्षक गन्तव्य हुनेछ भन्ने हामीले विश्वास लिएका छौं’, सञ्चालक शर्माले भनिन्, ‘यहाँ थकाली खानादेखि इन्डियन, चाइनिज, कन्टिनेन्टल र बारको पनि व्यवस्था गरिएको छ ।’
खाना र पेय पदार्थका पारखीले एउटै छानामुनि रोजेका परिकारका स्वाद लिन सक्ने लाउञ्ज सञ्चालकको भनाइ छ । बुधबार ‘वेडनस्डे वुमेन नाइट्स’ मा महिलाका लागि विभिन्न अफर र शुक्रबार ‘फ्राइडे नाइट्स’मा संगीतिक कार्यक्रमको पनि आनन्द लिन सकिने सञ्चालक शर्माले बताइन् ।
लाउञ्जले करिब १६ युवालाई रोजगारी प्रदान गरेको छ । हरेक दिन दिउँसो १२ बजेबाट बेलुका १० बजेसम्म खुला रहने लाउञ्जमा अनलाइन अर्डर र डेलिभरीको पनि व्यवस्था गरिएको छ ।
शिक्षाको क्षेत्रमा काम गरिरहेकी सञ्चालक शर्माले आजको समयमा एउटामात्र व्यापार व्यवसाय, पेशामा लागेर जीविका चलाउन कठिन भएकाले आफ्नो रुचीअनुसार नयाँ व्यवसाय नयाँ अवधारणाका साथ सुरु गरेको बताइन् ।
काठमाडौँमा फ्लेम्स् रेस्ट्रो क्याफेका रुपमा सुरु गरेको व्यापार हाल टिमसहित विराटनगरबाट सुरु गरेको सञ्चालक शर्माले बताइन् ।
                    
        
                                        
                                                                                                
        































