नेकपा एमाले काेशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विराटनगरस्थित हाेटल कन्चनजंगामा आज  पाँच पदाधिकारी र सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।
निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ नेकपा  एमालेका सचिव तथा काेशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले गराएका थिए ।
KP Oli Sapath Grahan
एमाले काेशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा माेरङ लेटाङका घनश्याम खतिवडा र विनाेद ढकाल बीच प्रतिस्पर्धा भएको थियो ।
ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा  अध्यक्षमा निर्वाचित भएका हुन् ।
खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका  प्रतिस्पर्धी ढकालले ४३० मत ल्याए । ३५ मत बदर भएकाे थियो । उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ सर्वसहमत निर्वाचित भएका छन् ।
यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारीले ५२४ मत ल्याएर निर्वाचित बन्दा उनका प्रतिपर्धी शैलेश लामाले ३८१ मत ल्याए ।
KP Oli Sapath Grahan (1)
उपसचिवमा झापाकी जलवर्षा राजवंशीले  ६२८ र खोटाङका देवान राईले ६६१० मत ल्याएर विजयी भएका छन् ।
प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचनका लागि कुल ९९७ प्रतिनिधिहरु मध्ये ९७७ जनाले मतदान गरे । २० जना प्रतिनिधिहरु भने मतदानमा अनुपस्थित भएका थिए ।