कोशी प्रदेशसभाको चौथो अधिवेशन असोज १७ गतेका लागि आह्वान गरिएको छ । 

कोशी प्रदेश मन्त्रीपरिषदको गत बिहीबार असोज ११ को सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम संवत् २०८० साल असोज १७ गते बुधबार दिनको १ बजे का लागि प्रदेश सभा आह्वान गरेका हुन् । 

कोशी प्रदेशसभा हल, विराटनगरमा कोशी प्रदेशसभाको चौथो अधिवेशन हुने छ । प्रदेश प्रमखुको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि कोशी प्रदेशसभाको तेस्रो अधिवेशन तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि भदौ ६ बुधबार अन्त्य भएको थियो ।