श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असोज ९ गते मङ्गलबार, २६ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र शुक्लपक्षको द्वादशी तिथि ०२ः०३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र श्रवण ०९ः५७ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमा राशि  मकर, सूर्याेदय ०५ः५३ बजे र सूर्यास्त ०५ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नयाँ काममा जग बसाउने समय छ। कामको सन्दर्भमा पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ । दैनिक कामबाट पनि उल्लेख्य फाइदा हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारतर्फ थोरै लगानीबाट पनि मनग्य नाफा उठाउन सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिले नै माया मारेको कामसमेत सम्पादन हुनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दाम, इनाम र प्रतिष्ठा हातपार्न सफल भइनेछ । फाइदा हुने काम र जिम्मेवारी हातपार्ने मौका छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा समस्या र काम गर्न मन नलाग्ने हुन सक्नेछ। गोपनीयतामा ध्यान पु¥याउनु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काममा सङ्घर्ष गर्नुपरे पनि जीवनशैलीमा सुधार ल्याउन सकिनेछ । केही काम दोहो¥याउनु पर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विगतका कमी कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोग र उपहार हातलागी हुनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । रमाइलो यात्राको साइत जुर्नेछ।