धरान । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्काउट ट्रुप चित्रकला प्रतियोगितामा केके इन्टरनेसनल स्कुलकी सुहाङ्मा लिम्बू प्रथम बनेकी छन् ।

नेपाल स्काउट धरान नगर तदर्थ समितिको आयोजनामा बुधबार धरानको एम्स कलेज परिसरमा सम्पन्न प्रतियोगितामा युरेका स्कुलकी सिमरन लिम्बू दोस्रो, माउन्ट हर्मन स्कुलकी निनामहाङ राई तेस्रो बने भने आइडल स्कुलकी मिक्सा लिम्बू सान्त्वना भइन् । धरानका १२ वटा विद्यालयका ३८ जना स्काउटरहरू सहभागी भएका थिए । एम्स स्काउट क्र्युको सहयोगमा सम्पन्न प्रतियोगितामा विजेताहरूलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक निर्मला अधिकारी, कोशी प्रदेश तदर्थ समिति सदस्य हेमन्त भण्डारी, सहायक राष्ट्रिय प्रशिक्षक सुशील राई, रोभर लिडर बब्लुकुमार साहले पुरस्कार प्रदान गरेका थिए । धरान नगर संयोजक अनुप तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।