श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ २७ गते बुधबार, १३ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र कृष्णपक्षको चतुर्दशी तिथि भोलि ०५ः०४ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र मघा भोलि ०२ः१३ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः११ बजे र सूर्यास्त ०६ः४८ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
हतारको निर्णयले काम बिग्रनेछ। महŒवाकाङ्क्षी योजनामा आफ्नैले बाधा पु¥याउलान्।
वृष बा, बि, बु, बे, बो)
बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु पर्नेछ। खराब व्यक्तिको सङ्गतले समस्या निम्त्याउनेछ।  
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
निर्णायक मोडमा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला । पहिलेको सम्झौता भङ्ग हुनसक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ।उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ । अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुःख पाइनेछ । सानो गल्तीले मौका गुम्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। अध्ययनमा त्यति समय दिन नसकिएला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । सोख, खानपान र साजसज्जामा खर्च गर्नुपर्ने समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम प्रारम्भ गर्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सहयोगीहरूले राम्रो साथ दिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।