श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल भदौ १८ गते सोमबार ४ सेप्टेम्बर २०२३, पिङ्गलनाम संवत्सर । भाद्र कृष्णपक्षको पञ्चमी तिथि १७ः०३ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र अश्विनी ०९ः४५ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः२१ बजे र सूर्यास्त ०६ः४३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कामका लागि रकम जोहो गर्ने समय छ। आफन्त र परिवारबाट टाढिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ । अवसरको खोजीमा दौडधुप भने गर्नुपर्ला। सहयोगीहरूले साथ दिनेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउन सक्छ।मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आवश्यक भौतिक साधन सजिलै जुट्नेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुनसक्छ। सोखले फजुल खर्च बढाउनेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आँटेको काममा बाधा हुनसक्छ । अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज  पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।  
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसरले पछ्याउनेछ भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । लोकप्रियता हासिल गर्न सकिनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ । मिहिनेतले कार्यसिद्धि हुनेछ।