श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल साउन २३ गते मङ्गलबार, ८ अगष्ट २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्ण पक्षको अष्टमी तिथि भोलि ०४ः०९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र भरणी भोलि ०१ः४७ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमा राशि मेष, सूर्याेदय ०५ः३० बजे र सूर्यास्त ०६ः४८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवम् भोजभतेरको अवसर प्राप्त हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मिहिनेतले केही काम गर्न सकिनेछ । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। अरूको करकापमा परेर इच्छाविपरीत काम गर्नुपर्ला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । अध्ययनमा पछि परिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन् । सानो कामले पनि राम्रो आम्दानी दिलाउनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ । राम्रो उपलब्धि हातलागी हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । तारिफयोग्य काम गर्दै नाम र दाम कमाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक कार्यले हौसला प्रदान गर्नेछ । भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ ।