धरान । रोटरी क्लब अफ धरानको अध्यक्षमा शिवानन्द साह चयन भएका छन् ।

रोटरी क्लब अफ धरान, रोटरी क्लब धरान फुटहिल्स र रोट्रयाक्ट क्लब धरानले संयुक्त रूपमा आयोजना गरेको ३९ औं पदस्थापन कार्यक्रममा क्लबका वर्ष २०२२–२३ का अध्यक्ष राजेन्द्र गुरुङले साहलाई पद हस्तान्तरण गरे ।

रोटरी इन्टरनेशनलका जोनल को–अर्डिनेटर वासुदेव गोल्यानको प्रमुख आतिथ्यमा भएको पदस्थापन कार्यक्रममा भोकेस्नल अवार्डबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त साहलाई सम्मानित गरिएको क्लबका प्रचार–प्रसार विभाग प्रमुख रोहितमान सिं बस्नेतले जानकारी दिए ।

क्लबले केहीदिन अघि धरानको शारदा बालिका नमुना माविमा वृक्षरोपण, धरान–५ निवासी अग्नि पीडित कुमारी माझीलाई ४० हजार रुपैयाँ आर्थिक सहायताजस्ता सामाजिक कार्य गर्दै आएको प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए ।