खासगरी कुनै भाषणवाजी वा कुनै गोष्ठी, सभा सेमिनार साङ्गीतिक र सांस्कृतिक कार्यक्रमहरूमा कसैलाई प्रोत्साहन गर्न वा खुसी व्यक्त गर्न तालीको प्रयोग गर्न सकिन्छ । तर, जुनसुकै रूपमा बजाइएको भए पनि अज्ञानतावश त्यसरी बजाइएको तालीले तपाईंलाई थुप्रै रोगबाट मुक्त गर्दछ भने नियमित रूपमा ताली बजाउन अब किन कञ्जुस्याइँ गर्ने ? ताली बजाउँदा पनि रोगबाट मुक्ति मिल्छ र ? हो अचम्म नमान्नुहोस् Claping Therapy बाट तपाईं साँच्चै नै रोगमुक्त हुनुहुनेछ ।
Claping Therapy को प्रभावकारिता
–आँखाको रोशनी बढाउने
–उच्च रक्तचाप नियन्त्रण गर्ने
–हृदय रोगबाट बच्न
–थाइराइडबाट बच्न
कफ, अस्थामा (दम), छालाको एलर्जीजस्ता थुप्रै रोगको प्रभावकारी उपचारको रूपमा Claping Therapy लाई लिइएको छ ।
थुप्रै रोग (ज्ञात/अज्ञात) बाट मुक्ति मिल्दछ भने ताली बजाउँदा के घाटा हुन्छ ? खानपान, आहार–विहारका कारण आज हाम्रा सामु रोगहरूको यति लामो सूची बन्दछ कि प्रत्येक व्यक्ति कुनै न कुनै रोगबाट पीडित भएका पाइन्छ । यसको प्रमुख कारण मान्छे स्वयम् नै हो । जो प्रकृतिबाट सम्बन्धविच्छेद गरेर आधुनिकतामा रमाइरहेको छ । ताली बजाउनाले शरीरको रक्षा तत्व मात्र मजबुत हुँदैन ‘ताली उपचार’ का कारण कुनै रोगले आक्रमण पनि गर्दैन ।

लगातार ताली बजाउनाले रगतमा भएको रातो कणलाई शक्ति मिल्दछ, जसले मानव शरीरमा रोग प्रतिरोधक क्षमता वृद्धि गर्दछ । ५ देखि ८ मिनेटसम्म बजाइएको तालीले विना अवरोध रक्त प्रवाह गर्दछ । रक्त नलीहरू पनि सफा गर्दछ । हरेक प्रभातकालीन अवस्थामा यसरी नियमित ताली बजाउँदा ५ गुणा सफा रक्तपम्प हुनसक्छ र फोक्सोको तमाम पम्प र भल्वहरूले पनि ठीक ढङ्गबाट आफ्नो काम गर्न थाल्दछन् ।

हाम्रो हृदयले प्रत्येक दिन ७ हजार ५ सय लिटर रगत पम्प गर्दछ । ताली बजाउनाले त्यसको ५ गुणासम्म बढी रक्तपम्प हुनसक्छ । मानव शरीरमा प्रतिमिनेट १ अर्ब ८० करोड राता कोशिकाहरू मर्दछन् । ताली थेरापीको कारण यसरी मर्ने कोशिकाहरूमा कमी आउँदछ र मान्छे दीर्घजीवी बन्दछ । शरीरमा अक्सिजनको मात्रा २० प्रतिशतदेखि ३० प्रतिशतसम्म मात्र पुग्दछ । मानव शरीर एउटा अद्भूत मेसिन मात्र होइन, एउटा अनुपम शक्तिको विशाल भण्डार पनि हो तर, हाम्रो अज्ञानताका कारण यो शक्ति प्रतिदिन क्षय भइरहेको छ । ताली बजाएर यो शक्तिलाई नष्ट हुनबाट बचाउन सकिन्छ । एक्युप्रेसर सिद्धान्तअनुसार अनेकौं रोगहरूको औषधि विना निदान गर्न सकिन्छ ।  

एउटा तथ्याङ्कअनुसार जापानमा २२ हजारभन्दा बढी एक्युप्रेसर चिकित्सक र ५ हजारभन्दा बढी थेरापिष्टहरू छन्, जसले तालीबाट एक्युप्रेसर गरेर बिरामीहरूको इलाज गर्दछन् । तालीको चामत्कारिक प्रभाव देखेर अमेरिका, क्यानाडा, इङ्ग्ल्याण्ड र जर्मनीजस्ता विकसित देशहरूमा पनि यो चिकित्सा पद्दति लोकप्रिय हुँदै गइरहेको  छ ।

नियमित ताली बजाउने गर्नाले शरीरमा रक्त आपूर्ति बढी हुन्छ । रक्त प्रवाह ठीक ढङ्गले नहुनाको कारण रक्त प्रवाह हुन नसकेको अङ्गको रक्तवाहिकाहरूमा विकृति आउँछ । रगतले नै शरीरमा नचाहिने (खराब) पदार्थ शोधन गरेर किड्नीसम्म पु¥याउँदछ र किड्नीले आफ्नो कार्यप्रणालीअनुसार त्यस्ता अनावश्यक पदार्थहरूलाई शरीरबाट बाहिर निकाल्ने काम गर्दछ । तर, यदि रक्तप्रवाह ठीक छैन भने त्यस्ता अनावश्यक पदार्थहरू शरीरबाहिर जान सक्दैन र शरीरमै एकत्र भएर बस्दछन्, जसले गर्दा शरीर रोगको भण्डार बन्छ ।

कसरी गर्ने Claping Therapy
– अनुहार सामु राखेर ५ मिनेटसम्म ताली बजाउने
– अनुहारभन्दा १ फिट टाढा राखेर ३ मिनेटसम्म ताली बजाउने
– दुवै कानको छेउमा पालै–पालो २ मिनेटसम्म ताली बजाउने
– टाउको माथि तालुको सामुन्ने २० मिनेट ताली बजाउने
– यसो गर्दा दुवै हातलाई दुवै कानको सिधा पारेर तालुमाथि पुर्याउने

ताली र एक्स्प्रेसनको साथ
शरीरमा यसले स्फूर्ति पैदा हुन्छ, शरीरमा जमेका फोहोरहरू निष्कासन गर्दछ । आँखाको बिरामी कमजोरी धुन्धलापन समाप्त हुन्छ ।

दम, उच्च रक्तचाप, मधुमेह, हृदयाघातलगायत हृदयसम्बन्धी अन्य बिरामीमा लाभ पुर्याउँछ । फोक्सो, मुटु, पेट कब्जियत अनिन्द्रा स्त्री रोग साइनस, माइग्रेसनजस्ता विकृतिहरूबाट आराम दिलाउँछ । पेटको रोग र मोटापनमाथि नियन्त्रण राख्दछ । हिस्टोरिया, मसकुलर डिस्टाफी, मायोप्याथी, पारकिन्सन, मेट्रोनियर डिजिजमा फाइदा गर्दछ ।

मानसिक र शारीरिक तनाव कम गर्दछ । हामी ताली जसलाई गीत गाउँदा होस्, भजन कीर्तन गर्दा होस् मग्नमस्त भएर बजाउँछौं । वास्तवमा जीवनको लागि यो अनुपम वरदान हो र हो अमृतरूपी खजाना पनि । त्यो खजानाको चाबी हाम्रो हात र खुट्टामा निहित छ । त्यसलाई उपयोग गर्न सिकौँ, प्रयोगमा ल्याउने सतत् प्रयत्न गरौँ ।