बससँग ठक्कर खाएर कोसी ब्यारेजबाट खसेको ट्रक क्रेनको सहायताले निकालिएको छ । 

हिजो बिहान  ७ः४५ बजेको  पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको  मे १ ख ३००७ नम्बरको ट्रक  ब्यारेजको १० ढोकाको बार भत्काएर  सप्तकोसी नदीमा खसेको  थियो ।

 पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस र ट्रक एक आपसमा ठोकिँदै सुनसरीतर्फ पर्ने  ढोकाबाट ट्रक नदीमा खसेको  थियो। ट्रकसँगै  चालकसहित तीन नदीमा खसेकामा तीनै जनाको  तत्कालै उद्धार गरिएको थियो  । 

ट्रकलाई भने आज बिहान खसेकै ठाउँबाट क्रेनको सहायताले बाहिर निकालिएको हो ।