श्री पिण्डेश्वर महादेव अर्धनरीश्वरी सद्गुरुदेव अर्चना बाबा १०८ शिव साधनामध्ये बोलबम विशेष  १०२ औं शिव साधना वराहक्षेत्र चतराधामस्थित औलिया मठमा सुरु भएको छ ।

हिजो  शुक्रबारबाट सुरु भएको शिव साधनामा आदि जगदगुरु श्री ॐ बाबाको सतसङ्कल्प र सद्गुरुदेव अर्चना बाबाको सानिध्यतामा सुरु भएको छ ।

पिण्डेश्वर नगरी प्राचीन हरिद्वार सिद्धभूमि  चतरागद्दीस्थित महामुनि औलिया बाबा मठ तथा सप्तकोशी आश्रम परिसरमा हजारौं भक्तजनको उपस्थितिमा आइतबारसम्म शिव साधना जारी रहने राजकुमार शम्भोले जानकारी दिए ।

ॐ श्री सम्प्रदायमा आस्थावान सद्गुरुदेव अर्चना बाबाका देशविदेशका भक्तहरुको उपस्थितिमा भजनकीर्तन, शिव साधना र बोलबम सकीर्तन भइरहेको श्री अर्चना बाबाधाम वराहक्षेत्रका सल्लाहकार महेश बज्राचार्यले जानकारी दिए ।

Archana babadham chatara

उनका अनुसार भारतका विभिन्न स्थानलगायत सिक्किम, दार्जीलिङसहित पश्चिम नेपालका कैलाली, कन्चनपुर, बाके, बर्दिया, रोल्पा, रुकुम, जाजरकोटसहित १८ जिल्ला र पूर्वी नेओआलका सुनसरी, मोरङ, उदयपुर र झापालगायतका जिल्लाबाट भक्तजनहरुको शिव साधनामा उपस्थिति रहेको छ ।

शिव साधनाअन्तर्गत भक्तजनहरुको वराह भगवानको परिक्रमा र वराहक्षेत्र नगर परिक्रमासमेत गर्ने श्री अर्चना बाबाधामका सयोजक विजय राईले जानकारी दिए ।

अर्चना बाबाधामको आयोजनामा हरेक वर्ष श्रावण महिनाको पहिलो सोमबार हजारौं भक्तजनले पीण्डेश्वर महादेवमा सप्तकोशीको जल अर्पण गर्दै आइरहेका छन् । शुक्रबारदेखि आइतबारसम्म त्रीदिवसीय शिवसाधनाको आयोजना गर्ने र सोमबार रुद्राक्षरण्य महादेवमा जल अर्पण गर्ने नियमित कार्य भएको बाबाधामका सयोजक राईले जानकारी दिए ।