चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ मा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
आज बिहान नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत दासढुंगामा काँकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस ५ः२० बजे दुर्घटना भएको हो ।
आफैँ अनियन्त्रित भई पल्टिएर बस सडकबाट झन्डै १० मिटर तल खसेर जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जनाएकाे छ । बस रूखमा अड्किएकाले त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।