सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटना सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना भएको छ।

मंगलबार बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर दुर्घटना भएको हो ।  पाँच जना मेक्सिकन नागरिक बोकी हिँडेको  हेलिकप्टर पाइलट चेतबहादुर गुरुङले उडाएका थिए । 

 दुर्घटनामा  हेलिकप्टरमा सवार  ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए। मृतक सबैको शव फेला परेको बताइएको छ । 

हेलिकप्टर रूखमा ठोक्किएर दुर्घटना भएको हुनसक्ने  प्रहरीको अनुमान रहेको छ ।