श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल असार २२ गते शुक्रबार, ७ जुलाई २०२३, पिङ्गलनाम संवत्सर । श्रावण कृष्णपक्षको पञ्चमी तिथि भोलि ००ः३८ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र शतभिषा २२ः३५ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः०१३ बजे र सूर्यास्त ०७ः०३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
पहिलेका कमजोरी बाहिर आउनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको अवसर प्राप्त हुनेछ। मिहिनेतले कीर्तिमानी कामको यश लिने सौभाग्य दिलाउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पेसा–व्यवसायमा पनि मनग्य आम्दानी बढ्नेछ। प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्ममा प्रवृत्त गराउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्न सक्छन्। कामको राम्रै मूल्याङ्कन हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य कमजोर हुनाले काम गर्न समय लाग्नेछ। उपलब्धिविहीन काम गर्नुपर्ने समय छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक सङ्केत प्राप्त हुनेछ। आहारविहारमा ध्यान पु¥याउनु होला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुटाउनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायमा सामान्य आम्दानी भइरहनेछ। तर, केही धन खर्च हुने योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामले विवादसमेत निम्त्याउन सक्छ । साँझतिर स्वास्थ्य कमजोर रहनेछ र कामको चाप बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सञ्चित रकम खर्चनुपर्ने हुनसक्छ । वैदेशिक यात्राको योग रहेको छ । दिन सामान्य रहला ।