पाँचथर । तिनजुरे मिडिया ग्रुपले तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिका–४ फुलेक निवासी मृगौला पीडित मचेन्द्र कार्कीलाई ४४ हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।
तिनजुरे मिडिया ग्रुपको ४८ औं सहयोग अन्तरर्गत पीडितलाई उपचार खर्चमा सहयोग पुर्याउने उदेश्यले रकम हस्तान्त्रण गरेकोे हो । सहयोग रकम मचिन्द्र कार्की बचाउ अभियानका अध्यक्ष बद्री पौडेललाई ग्रुपका उपाध्यक्ष मनोज भुजेल र सदस्य महेश बानियाले हस्तान्तरण गरेका थिए ।
सहयोग रकम बुझ्दै मचिन्द्र बचाउ अभियानका अध्यक्ष बद्री पौडेलले देश बिदेसमा रकम संकलन गरी पीडितलाई सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए । मचिन्द्रको बि.पि कोइराला स्वास्थ्य प्रतिस्ठान धरानमा उपचार भईरहेको परिवार श्रोतले जनाएको छ ।
लामो समयदेखि तिनजुरे मिडिया ग्रुप प्रबाश नेपालले विभिन्न पीडितको अबस्था अनुसार ५ बर्ष देखी सहयोग गर्दै आएको तिनजुरे मिडिया ग्रुपका अध्यक्ष देब बास्कोटाले बताए । ग्रुपले प्रत्येक महिना एक पीडितलाई सहयोग गर्दै आएको छ । हालसम्म १८ लाख बढी पीडित परिवारलाई सहयोग गरिसकेको अध्यक्ष बास्कोटाको भनाइ छ ।