वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका को वार्ड नम्बर १ ले किसान, विद्यार्थी र बेरोजगार युवा लक्षित विभिन्न तालिम सञ्चालन गरेको छ ।
वडाको सुर्यकुण्डमा किसान लाई अगुवा बाख्रा पालन तालिम सुरु गरेको छ । मंगलबारबाट सुरु गरिएको ५ दिने तालिममा साबिक ७,८ र९ का ५० जनाले तालिम सहभागी भएको वडा अध्यक्ष किसन मगर ले बताएका छन् ।
तालिम लाई पशु प्राविधिक केशव कुमार श्रेष्ठ र रोशन काफ्लेले सहजीकरण गरिरहेको वडा अध्यक्ष किसन थापाले बताएका छन् । यसै गरी वार्डमा प्लस २ सकेका ४० जना विद्यार्थी लाई १ महिने कम्प्युटर र ३० जना बेरोजगार युवालाई १५ दिनको कफी र कुकको तालिम पनि सञ्चालन भइरहेको वडा सचिव लक्ष्मण पौडेलले जानकारी दिएका छन् ।
तालिमले स्थानीय किसान लाई बाख्रा पालन, उत्पादन र बिक्री गर्ने व्यावसायिक दक्षता अभिवृद्धि गर्ने छ । भने कम्प्युटर र कफि र कुकले आधुनिक बजारको माग अनुसारको प्राविधिक सीप विकास हुने वार्ड अध्यक्ष मगरले बताए ।
मगरले विद्यालय को सजिलो र छिटो हुने भन्दै वडाको डाँडाँमा रहेको सुर्यकुन्ड विद्यालयलाई २ थान कम्प्युटर, १र१ थान फोटोकपी,लेमिनेसन र प्रोजेक्टर उपकरण, प्राचार्य दिनेश कार्की लाई हस्तान्तरण गरिएको बताए ।