वराहक्षेत्र । वराहक्षेत्रका पत्रकारहरूको बिमा नगरपालिकाले गरिदिने भएको छ । आइतबार नगरपालिकामा भएको पत्रकार भेटघाट तथा अन्तरक्रियामा बोल्दै नगरप्रमुख रमेश कार्कीले स्वास्थ तथा दुर्घटना बिमा नगरपालिकाले गरिदिने बताएका छन् । कार्कीले बिमाको काम तुरुन्त थालिने बताए । 

 नगर प्रमुख कार्कीले  संघीय र प्रदेश सरकारसँग समन्वयन गरेर वा नगरपालिकाले एक्लैले  वराहक्षेत्रमा मिडिया सेन्टर स्थापन गर्ने बताएका छन् । त्यसका लागि उनले जमिनको टुङ्गो लगाउन पत्रकारहरूलाई आग्रह गरेका छन् ।  

सञ्चारकर्मीका लागि भवन बजाउने जिम्मेवारी आफ्नो भएको भन्दै उनले उक्त कार्यका लागि पत्रकारहरू एक जुट हुन अनुरोध समेत गरेका छन् । 

अन्तरक्रियामा प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, लेखा अधिकृत विरेन्द्र यादव, सूचना अधिकृत पुकार पोखरेल र सामाजिक शाखा प्रमुख अरुण मेहता लगायतको उपस्थिति रहेको थियो ।