उद्योग बाणिज्य संघ बेलबारीको जेठ २० गते शनिबार सम्पन्न निर्बाचनबाट पाँच दलिय गठबन्धनका भेषकुमार श्रेष्ठ (अशोक) समुहबाट एक सदस्य बाहेक प्यानल नै बिजयी भएको छ ।
अध्यक्षमा अशोक, बरिष्ठ उपाध्यक्षमा सन्दिप राई, महासचिवमा विवेक मिश्र, उपाध्यक्ष उद्योगमा राजन गोर्खाली,बाणिज्य उपाध्यक्षमा केशव थापा मगर, सचिबमा सुरेशकुमार श्रेष्ठ,बाणिज्य सचिबमा टिकाराज श्रेष्ठ,कोषाध्यक्षमा अर्जुनकुमार कार्की,सहकोषाध्यक्षमा बसन्त नेपाल रहेका छन ।
यसैगरी सदस्यहरुमा रामकाजी राई,खगेन्द्र खनाल,अस्मिता सुवेदी,उर्मिला तामाङ,कमला कुमारी श्रेष्ठ,काचीलाल धिमाल,दिवश राई,निरज चौधरी,राजु श्रेष्ठ,सुजित कुमार शाह,शिवकुमार राई र संस्थापन पक्षका प्रशान्त निरौला बिजयी भएका छन। लेखा समितिको संयोजकमा नरबहादुर माझी,सदस्यमा सुरेन्द्रसिंह बस्नेत र पवित्रादेवी भगत निर्बाचित भएका छन ।