श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल जेठ २० गते शनिबार, ३ जुन २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ शुक्लपक्षको चतुर्दशी तिथि ११ः३५ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र विशाखा ०६ः३१ बजेसम्म, उप्रान्त अनुराधा, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः०८ बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

केही खर्च भए पनि घुमफिर तथा मनोरञ्जनको समय छ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अतिथिका रूपमा सत्कार पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्नेछ। व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मनोरञ्जन गर्दा लक्ष्यमा बाधा पुग्नेछ । ठूला व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सावधान रहनुहोला ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

ईष्र्या गर्नेहरूले अवरोध पु¥याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। 


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। 


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

ईष्र्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन्। 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । 


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। 


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला। कृषि, पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्।